भौतिक मन्त्री राईले पाए कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी
काठमाडौँ- कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईलाई दिइएको छ ।
आज बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । बैठकले संघीयता कार्यान्वयन तथा प्रदेश कानून निर्माण कार्यदलको समयावधि थप गर्ने निर्णय गरेको छ ।त्यस्तै खोरेत रोग नियन्त्रण आयोजना सञ्चालनसम्बन्धी कार्यविधि २०८१ स्वीकृत गर्ने, नोभेम्बर ११ मा अजरबैजानको राजधानी बाकुमा हुने संयुक्त राष्ट्र संघीय प्रारूप महासन्धिको पक्ष राष्ट्रहरूको बैठक (कोप-२९) मा पर्यटन वन तथा वातावरण मन्त्री षडानन्द मण्डल र सचिव विशाल घिमिरेलाई सहभागी गराउने र १०औँ राष्ट्रिय खेलकुदको तयारी तथा व्यवस्थापनका लागि थप ९ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ ।
यसअघि प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारीलाई दिइएको थियो । मन्त्री अधिकारीले आजै राजीनामा दिएका छन् ।