Nic Ad Nic Ad
Nic Ad Nic Ad

सांसदहरुले राष्ट्रपति पौडेललाई बुझाए कोप-२९ मा राखिने नेपालको धारणासहितको अनुरोध पत्र

बुधबार, कात्तिक २१, २०८१

काठमाडौँ- नेपालमा जलवायु परिवर्तनको असर र यसले पारेको प्रभावबारे चासो राख्दै सक्रिय रहेका सांसदहरूको एक समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरी आगामी कोप-२९ मा नेपालका तर्फबाट राखिनुपर्ने धारणा समेटिएको अनुरोध पत्र बुझाएको छ ।

शीतल निवासमा बुधबार आयोजित एक कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको समेत उपस्थितिमा सांसदहरूले आगामी जलवायु परिवर्तन सम्मेलन (कोप-२९) मा नेपालका तर्फबाट उठान गर्नुपर्ने मुख्य धारणा र मुद्दाबारे पत्र हस्तान्तरण गरेको प्रतिनिधि सभा सदस्य माधव सापकोटाले जानकारी दिए ।सांसदहरुले बुझाएको अनुरोध पत्रमा नेपालले जलवायु परिवर्तनबाट खेप्नुपरेको भयावह अवस्थामा मूलतः हानि(नोक्सानी कोषको पहुँचलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ ।

साथै नेपालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावलाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्दै पानी, जैविक विविधता, र पर्यावरणीय सेवा प्रदान गर्ने देशका रूपमा आफ्ना मागहरू स्पष्ट राख्नुपर्ने सुझाव दिइएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  २०:२२
प्रतिक्रिया दिनुहोस्