माग धान्न नसकेपछि मध्यरातमा उपत्यकाका हलमा ‘पूर्णबहादुरको सारङ्गी’
काठमाडौं– दर्शकको चाप र माग अत्यधिक भएपछि उपत्यकाका विभिन्न मल्टिप्लेक्सले फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को शो राखेका छन्।
ललितपुरको पुल्चोकमा रहेको लबिम मलले बुधबार राती ११ः४५ मा उक्त फिल्मको शो राखेको छ।
यसैगरी सिभील मलले पनि राती ११ः४५, राइजिङ मलले ११ः५५, सीटी स्क्वायरमा ११ः५५ मा शो राखिएको छ।
नेपाली फिल्मलाई कम शो दिएर हिन्दी फिल्मलाई मात्र शो दिएको भनी हलहरुको आलोचना भएको थियो। आलोचनाको कारण भन्दा पनि दर्शकको चापका कारण हलले फिल्म चलाउन बाध्यता आएको हो।
विहीबारदेखि यसको शो बढ्ने आकांक्षा गरिएको छ।
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१ २०:३६
प्रतिक्रिया दिनुहोस्