ऊर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धिमूलक : ऊर्जामन्त्री खड्का
काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएको बताएका छन् ।
भारतको नयाँ दिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिएर बुधबार नेपाल फर्किएका मन्त्री खड्काले पञ्चेश्वर, अरुणलगायतका आयोजनालाई चाँडै अगाडि बढाउने विषयमा भारतसँग सकारात्मक छलफल भएको बताए । नेपाल सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई कसरी परिपूर्ति गर्ने भनेर भारतका ठूला व्यवसायी र संस्थाहरूसँग छलफल गरेको समेत जानकारी दिए ।
काम गर्ने वातावरण भए नेपालमा भारतका बहुराष्ट्रिय कम्पनीहरू नेपालको जलविद्युतमा लगानी गर्न इच्छुक रहेको उनले सुनाए ।
नेपालको सौर्य ऊर्जाको विकासमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) ले सहयोग गर्ने प्रतिबद्धता जनाएको पनि उनले बताए ।
भारत भ्रमणका क्रममा मन्त्री खड्काले भारतका जलशक्तिमन्त्री सीआर पाटिल, अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ९आईएसए० का अध्यक्ष एवम् भारतका नवीन एवम् नवीकरणीय ऊर्जा मन्त्री प्रल्हाद वेंकटेस जोशी र विद्युतमन्त्री मनोहरलाल खट्टरसँग छुट्टाछुट्टै भेट गरेका थिए ।