Nic Ad Nic Ad
Nic Ad Nic Ad

रिलायन्स स्पिनिङ मिल्सलाई उच्च अदालतले दियो सफाइ

बुधबार, कात्तिक २१, २०८१

काठमाडौँ - रिलायन्स स्पिनिङ मिल्स लिमिटेडलाई प्रिमियम मूल्यमा साधारण सेयर निष्कासन गर्न उच्च अदालतबाट बाटो खुलेको छ ।

सेयर निष्कासनविरुद्ध परेको रिटलाई  अदालतले बुधबार खारेज गरिदिएको छ । हरिबहादुर केसीसहित चार जनाले गत २५ असारमा दायर गरेको रिट उच्च अदालतले खारेज गरिदिएको हो ।

अब रिलायन्सलाई बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न कानुनी बाटो खुलेको छ । यद्यपि नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष चयन गर्न नसक्दा रिलायन्सदेखि अरू दर्जनौँ कम्पनीको सेयर निष्कासनसम्बन्धी फाइलहरू महिनौँदेखि अलपत्र पर्दै आएको छ ।

यसअघि कम्पनीले वित्तीय विवरणमा जालझेल गरेको आरोप लागेको थियो । रिलाइन्सको आइपिओ विवाद चर्किएपछि संसदको सार्वजनिक लेखा समितिले पनि यसमा चासो देखाउँदै प्रक्रिया रोक्न र कागजात जाँच गर्न बोर्डलाई भनेको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्