यी हुन् कांग्रेस–एमाले संयन्त्रको कार्यदलमा रहेका नेता, दुई निर्णय यस्ता छन्
काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेले सरकारलाई सहजीकरणका निम्ति नेताहरू सम्मिलित संयन्त्र तयार पारेका छन्।
आलोपालो महिनैपिच्छे संयोजक फेरिनेगरी तयार भएको संयन्त्रको संयोजक कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पहिलो चरणमा पाएका छन्। र, त्यसको कार्यदल बनाई दुई दलका नेतालाई समेटिएको छ।
संयन्त्रको कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट उपसभापति खड्का, महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखक र केन्द्रीय सदस्य एवं परराष्ट्र मन्त्री आरजु राणा देउवा छन्।
नेकपा एमालेको तर्फबाट बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन्।
कार्यदलले सरकारलाई सहजीकरण गर्ने काम गर्छ। यस संयन्त्रको बैठकले दुई विशेष निर्णय पनि गरिसकेको छ।
त्यो निर्णय यस्तो छ