के म्यानचेस्टर सिटिले प्रशिक्षक गार्डियोलालाई बरखास्त गर्दै छ ?
काठमाडौं- पछिल्ला ३ खेल बेलायती क्लब म्यानचेस्टर सिटी खराब फर्मबाट गुज्रिरहेको छ । गत मंगलबार भएको च्याम्पियन्स लिगमा पोर्चुगलको क्लब स्पोर्टिङसँग सिटीले ४-१ को ठुलो हार खेप्नु परेको थियो । त्यसको २ दिन अगाडी प्रिमियर लिगमा बोर्नेमाउथसँग सिटीले २-१ ले हारेको थियो । साथै, बोर्नेमाउथसँग भएको खेलको ३ दिन अगाडी इएफएलमा टोटनहामसँग पनि २-१ को हार खेपेको थियो ।
३ खेल लगत्तै हारेसँगै अहिले सामाजिक सञ्जालमा केही समर्थकहरूले म्यानचेस्टर सिटीले पेपलाई बरखास्त गर्न सक्ने भन्दै विषय उठान गरेका छन् । केही समर्थकहरू भने यस विषयमा जिज्ञासु बनिरहेका छन् ।
सन् २०१६ मा सिटिका कोचमा नियुक्त भएका पेपले अहिलेसम्म सिटिलाई ६ पटक प्रिमियर लिग उपाधि जिताएका छन् । उनी आफ्नो जारी करियरमा म्यान सिटिलाई १ पटक मात्र उपाधि जिताउनबाट चुकेका छन् । यसअघि उनलाई च्याम्पियन लिग जिताउन नसकेको कारण असफल कोचको रूपमा आरोप लाग्ने गरेको थियो । तर २०२२-२३ सिजनको च्याम्पियन लिग जित्दै उनले सिटिलाई इतिहास कै पहिलो उपाधि दिलाउनुका साथै आफ्नो आलोचकको मुख पनि बन्द गराएका थिए ।
सिटीको इतिहास मै पपे सबैभन्दा सफल प्रशिक्षकको रूपमा गनिन्छन् । उनले क्लबलाई उपाधि मात्र नभएर व्यावसायिक नाफा र निराश भएका समर्थकलाई जागृत गर्ने काम गरेका छन् ।
केही फुटबल समर्थकले सामाजिक सञ्जालमा पछिल्ला ३ खेल हार्दैमा पेपलाई बरखास्त गर्ने कुरा कुनै पनि हिसाबमा तार्किक छैन । यो विषय सिटीको व्यवस्थापन टिमले सोच्न मात्र होइन कल्पना गर्न समेत गाह्रो रहेको छ । म्यानचेस्टर सिटी अहिले पनि २०२४-२५ सिजन लिगको दाबेदार कै रूपमा रहेको छ ।
म्यानचेस्टर सिटीका पछिल्ला खेलहरूले पेपलाई झन् उत्साहित बनाएको उनले अन्तर्राष्ट्रिय मिडियाहरूलाई बताउँदै आएका छन् ।