Nic Ad Nic Ad
Nic Ad Nic Ad

नारिता, दोहा र दुबईमा नेपाल एयरलाइन्सको उडान समय परिवर्तन

बिहीबार, कात्तिक २२, २०८१

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुँदैछ ।

सोहीकारण नेपाल एयरलाइन्सले जापानको नारिता, कतारको दोहा र युएईको दुबई उडान समय तालिका परिवर्तन गरेको छ ।नेपाल एयरलाइन्सका अनुसार काठमाडौँबाट ११:५० (स्थानीय समय) मा उड्ने जहाज अब ९:१५ मा उड्ने छ । नारिताबाट स्थानीय समय अनुसार ११:२५ मा उड्ने जहाज अब ९ बजेर २५ मिनेटमै उड्ने नेवानिले जनाएको छ ।

काठमाडौँबाट दोहामा रातको ११ बजे उड्ने जहाज अब साढे ९ बजे उड्ने भएको छ । दोहाबाट ३:२५ मा उड्ने जहाज अब भने २ बजे नै उड्ने गरी समय तालिका परिवर्तन गरिएको छ ।

काठमाडौँबाट ११:१५ मा दुबई उड्ने जहाज अब ९ बजेर ३५ मिनेटमा उड्ने गरी तालिका मिलाइएको समेत नेवानिले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्