उप–निर्वाचन परिचालनमा रास्वपाले कोशी प्रदेशमा निशालाई पठायो, अरुमा को–को छन्?
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी १६ मंसिरमा हुने स्थानीय तहको उप–निर्वाचन परिचालनका लागि केन्द्रबाट नेतालाई खटाएको छ।
केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक सांसद गणेश पराजुलीका अनुसार निर्वाचन परिचालनका निम्नि कोशी प्रदेशमा सांसदसमेत रहेकी निशा डाँगीलाई खटाइएको छ।
यसैगरी मधेसमा चन्दा कार्की, बागमतीमा शिशिर खनाललाई निर्वाचन परिचालनको जिम्मेवारी तोकिएको छ। गण्डकी प्रदेशमा विन्दबासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जनलाई पठाएको रास्वपाले कोषाध्यक्ष लिमा अधिकारीलाई कर्णाली प्रदेशको जिम्मेवारीमा पठाएको छ।
सुदूरपश्चिममा भने केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ परिचालित छन्।
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१ १४:४२
प्रतिक्रिया दिनुहोस्