आदित्य बिरलालाई दिइयो २५ हजार टन डीएपी मलको ठेक्का
काठमाडौँ- कृषि सामग्री कम्पनी लिमिटेडले २५ हजार टन डीएपी मल खरिद गर्ने ठेक्का सिंगापुरको आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिलाई दिएको छ ।
बिहीबार एक सूचना निकाल्दै कृषि सामग्री कम्पनीले करिब २ अर्ब ५६ करोड रुपैयाँ (१ करोड ८९ लाख ७५ हजार अमेरिकी डलर) मा नेपालमा डीएपी मल आपूर्ति गर्ने ठेक्का लगाएको जनाएको हो ।कृषि सामग्री कम्पनीले वीरगञ्ज, विराटनगर र भैरहवामा आपूर्ति दिने गरी प्रतिटन ७ सय ५९ डलरमा नेपाल मल किन्ने गरी उसलाई ठेक्का दिएको हो । कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ लागिसकेपछि असोज मसान्तसम्म १ लाख ५५ हजार ६ सय ८९ टन मल आयात भइसकेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ को मौज्दातसहित अहिले १ लाख ४४ हजार ८ सय २५ टन मल भण्डारमा रहेको जनाइएको छ ।चालु आवमा सरकारले ५ लाख ५० हजार टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१ १५:११
प्रतिक्रिया दिनुहोस्