Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखरामा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान

बिहीबार, कात्तिक २२, २०८१

काठमाडौँ- पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेढ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ ।

६ असार २०८० मा पहिलो पटक चार्टर्ड उडान गरेको सिचुवान एयरलाइन्सले बिहीबार दोस्रो उडान गरेको छ । यसबीचमा अन्य कुनै पनि एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेका छैनन् ।

पोखरामा आयोजित इन्टरनेसनल माउन्टेन क्रस कन्ट्री कम्पिटिसनमा भाग लिन चीनको कुनमिङबाट आएका खेलाडीहरूलाई लिएर सिचुवान एयरलाइन्सको जहाज बिहीबार पोखरामा अवतरण गरेको हो । यो जहाजले १२० जना यात्रु बोकेर आएको हो । सिचुवानले एयरबस ३१९ जहाजबाट पोखरामा उडान गरेको हो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्