नेभिगेशन
राजनीति

१५ बर्ष एमालेको कमान्ड गरेका माधवको अहिलेको सकस, स्थानीय उप–निर्वाचनमा उम्मेदवार भेट्न मुस्किल

काठमाडौं– ‘कसैसित डग्दीन म, नेता हुँ नेता’ भन्ने हाँक राख्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आगामी मंसिर १६ गते हुने स्थानीय तहको वडादेखि पालिकासम्मका उम्मेदवार भेट्न मुस्किल परेको छ। 

नेकपा एकीकृत समाजवादीले कांग्रेस र एमालेबाहेकका अन्य दलसँगको गठबन्धनका लागि गरेको आह्वान त्यसको एउटा प्रमाण हो भने तल्लो तहसम्म संगठन बनाउन नसक्नु पीडा। 

यति मात्र होइन चुनावअघि मात्र पार्टी गठन गरेर प्रतिस्पर्धामा उत्रिएको रास्वपाले स्थानीय तहको उप निर्वाचनमा सहभागीता जनाउन नेता नै परिचालन गरेपछि एकीकृत समाजवादीका लागि अब फलामको च्यूरा चपाउनु सरह भएको छ। 

एक नेताले क्यानडा नेपालसँग भर्खरै भने,‘संगठन छैन। भाग लिने कि नलिने भन्ने चिन्ता छ। अर्कातिर आफ्नै पार्टीभित्र विभाजित छन् नेताहरु अनि असन्तुष्टिका अनेक सवाल पनि छन्।’

माधवकुमार नेपाल ति नेता हुन् जसले अहिले सरकारको नेतृत्व गरिरहेको एमालेको महासचिव भएर १५ बर्ष हाँकेका थिए। अब त्यो हाँकको दम्भ पनि सकिनेगरी उप निर्वाचनले परिक्षा लिइरहेको समाजवादीका नेता नै बताउँछन्। 

‘समाजवादी मोर्चामा रहेका पार्टीहरुको गठबन्धन गरौं भन्ने अध्यक्ष नेपालको प्रस्ताव छ। तर त्यहाँ पनि समस्या आयो’, ति नेता भन्छन्,‘मोर्चाको एउटा दल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सत्ताको समर्थनमा छन्। उनले साथ दिने स्थिति छैन। हाम्रो पार्टी त यहिबेला सक्किने भए जस्तो भयो।’

यो बेला एकीकृत समाजवादीलाई उम्मेदवार खोज्न मुस्किल परेको छ। प्रस्ताव गरिएका मान्छे नै तर्किरहेको पनि बताइन्छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति