Nic Ad Nic Ad
Nic Ad Nic Ad

पोखरा एभेन्जर्सको जर्सी सार्वजनिक

शुक्रबार, कात्तिक २३, २०८१

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले बिहीबार आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको छ ।

टिमका प्रमुख सल्लाहकार एवं मेन्टर दक्षिण अफ्रिकी जोन्टी रोड्सले राजधानीमा आयोजित एक कार्यक्रमकाबीच जर्सी सार्वजनिक गरेका हुन् ।

मुस्ताङको लोमान्थाङ पुगेर सार्वजनिक गरिएको जर्सीको भिडियो जोन्टीले भिडियो मार्फत सार्वजनिक गरेका हुन् । यस्तै जर्सी सार्वजनिक कार्यक्रममा पोखराका मार्की खेलाडी कुशल भुर्तेल सहित नेपाली खेलाडीहरु जर्सी लगाएर उपस्थित थिए ।

पोखरा एभेन्जर्सले क्रिकेटसँगै जलवायु परिवर्तन र दिगो पर्यटनलाई केन्द्रित गरि लोमान्थाङ जर्सी सार्वजनिक गरेको टिमका अध्यक्ष अध्यक्ष सुबोध त्रिपाठीले बताए । ‘जलवायु परिवर्तन, हिमालय पग्लिने कुरालाई क्रिकेटका माध्यमबाट उजागर गर्न खोजेका छौं,´ उनले भने, `गण्डकीमा हिम पर्वत श्रृङ्खलाको पर्यटन प्रवर्द्धन गर्न र नियमित पग्लिरहेको हिउँको कुरा विश्वमै ल्याउन लागिरहेका छौं । यसमा हामी गम्भीर हुनुपर्ने छ । यसमा एउटा सन्देश दिनको लागि पनि हामी आएका छौं´ उनले भने ।


बिहीबार बिहान पोखरा एभेन्जर्सले राइड विथ जोन्टी नामक र्‍याली आयोजनामा गरेको थियो । जसमा त्यहाँको समर्थकको स्वस्फुर्त सहभागिताले क्रिकेटप्रतिको क्रेज देखाएको त्रिपाठीले बताए ।

जोन्टी रोड्सले पोखरामा आबद्ध हुँदा उत्हित हुँदै आफूले जानेको ज्ञान नयाँ खेलाडीहरु सिकाउने बताए । ‘पोखरामा आबद्व हुँदा उत्साहित छु । मेरो अनुभव र ज्ञानले पोखरा मात्र होइन नेपालको क्रिकेटको उदयका लागि योगदान हुनेछ ।’ उनले भने ।

जोन्टीले नेपालले क्रिकेटमा के गर्छ हेर्न आतुर रहेको बताए ।`क्रिकेटमा धेरै अवसर छ । नेपालको भविष्य उज्जवल छ ।´ उनले भने ।

यस्तै पोखरा एभेन्जर्सका ब्राण्ड एम्बासडर तथा कलाकार सन्दीप क्षेत्रीले पोखराले कुनै कुरामा कन्जुसाईँ नगरेको र लोमान्थाङमा पुगेर जर्सी अनावरण गर्नुको महत्व रहेको पनि बताए ।

यस्तै कार्यक्रममा सन्दिप क्षेत्रीले जोन्टी रोड्ससँग कुराकानी पनि गरेका थिए ।जोन्टीले राम्रो खेलकुद पूर्वाधार, खेलको विकास र अन्तर्राष्ट्रिय स्तरको खेलाडी विकास  होस् भन्ने चाहना रहेको बताए । जर्सी लन्चसँगै कार्यक्रममा पोखरा एभेन्जर्सको आधिकारिक गीत समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका महासचिव पारस खड्काले नेपाली क्रिकेटको विकासमा जोन्टीको आगमनले सघाउने बताए । ‘प्रतियोगितामा टफ्री एउटाले जित्नेछ । तर नेपाली क्रिकेटको सहभागिताले राष्ट्रको क्षमता अभिवृद्धि गर्नेछ । नेपाली क्रिकेटको लागि सुखद हुनेछ´ उनले भने ।

पोखरा एभेन्जरेसले क्लाइमेट चेञ्जको म्यासेज अगाडि बढाउन खोजेकोमा खड्काले धन्यवाद दिए ।

१४ वटा हिमाल आरोहण गरेका निमा तेन्जिङ शेर्पाले  पर्यटन र क्रिकेट एकअर्काको परिपुरक भएको बताउँदै सबैले पोखरालाई सहयोग गर्न अनुरोध गरे ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्