Nic Ad Nic Ad
Nic Ad Nic Ad

नारायणगढ-मुग्लिन सडक दुर्घटना : मृतकको संख्या पाँच पुग्यो

शुक्रबार, कात्तिक २३, २०८१

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। अन्य पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए।

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६-००१ ज. ०२९८ नम्बरको विद्युतीय हायस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा. प्र. ०३-००१ ख. २८१२ नम्बरको बस ठोक्किँएका हुन्।

प्रवक्ता रिजालका अनुसार बिहान ३ बजे भएको दुर्घटनामा विद्युतीय गाडीमा सवार यात्रुको मृत्यु भएको हो। मृतक गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङबाहेक अरुको पहिचान खुलिसकेको छैन।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्। घाइतेको भारतपुर अस्पताल र चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालक मकवानपुर हेटौडा उपमहानगर पालिका ९ का सूर्य विक्रम विष्टलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्