Nic Ad Nic Ad
Nic Ad Nic Ad

मोटरसाइकलको ठक्करबाट शिशुको मृत्यु

शुक्रबार, कात्तिक २३, २०८१

स्वर्गद्वारी (प्युठान)-  प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको ज्यान गएको छ । 

ऐरावती गाउँपालिका-४ कैरनबाट प्युठान नगरपालिका-१ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३-००७ प ३३०७ नं को मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा मल्लरानी गाउँपालिका-५ धुदी बस्ने सुजल भण्डारीको तीन महिनाको छोरा श्रीजल भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।

उनका अनुसार शिशुलाई हजुरआमा नाता पर्ने ४५ वर्षीया नारायणी कुँवरले बोकेको र ठक्कर दिँदा साथमा बोकेको नाति खस्न गई घाइते भएका थिए । घाइते शिशुको जिल्ला अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्युठान नगरपालिका-१ चेरनेटा बस्ने २३ वर्षीय विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्