Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुसी राष्ट्र प्रमुखले ट्रम्पलाई दुई दिनपछि बधाई दिए, नवनिर्वाचति अमेरिकी राष्ट्रपतिको उत्तर यस्तो छ

शुक्रबार, कात्तिक २३, २०८१

काठमाडौं– अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित भएका रिपब्लिकन डोनल्ड ट्रम्पलाई रुसी राष्ट्र प्रमुख भ्लादिमर पुटिनले दुई दिनपछि बधाई दिएका छन्। 

पुटिनले बिहीबार ट्रम्पलाई बधाई दिने क्रममा युक्रेनसँगको युद्धका विषयमा ट्रम्पले दिएको अभिव्यक्तिमा विचार गर्न आवश्यक रहेको पनि बताएका छन्। 

अमेरिकी जनताले निर्वाचित गरेको राष्ट्रपतिसँग संवाद थालनी हुने बताएका पुटिनले अघिल्लो पटक ट्रम्पमाथि अन्याय भएको पनि टिप्पणी गरेको विभिन्न समाचार एजेन्सीले जनाएका छन्। 

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले पनि बधाई स्वीकार गर्दै छिट्टै वार्ता गर्न आफू तयार रहेको प्रतिक्रिया दिएका छन्। तर, वार्ताका लागि प्रस्ताव गरि नसकेको ट्रम्पको भनाई छ।

‘मलाई लाग्छ हामी वार्ता गर्नेछौँ’, ट्रम्पले बिहीबार एनबीसी न्यूजसँग भनेका थिए ।

दोस्रोपटक अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि ट्रम्पले हालसम्म युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विश्वका ७० नेतासँग टेलिफोनमा कुरा गरिसकेका छन्।

ट्रम्पले आफू र बाइडेनबीच छिट्टै सँगै डिनर गर्ने सहमति भएको बताएका छन्।

आफ्नो चुनावी अभियानका क्रममा डोनाल्ड ट्रम्पले यदि आफू राष्ट्रपतिमा विजयी भए युक्रेन युद्ध अन्त्य गर्न सक्ने दाबी गरेका थिए।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्