Nic Ad Nic Ad
Nic Ad Nic Ad

दक्षिण भारतीय फिल्मका चर्चित कलाकार ब्रम्हानन्दम र रावत ‘ह्रस्व–दीर्घ’ प्रिमियरमा काठमाडौं आउने

शुक्रबार, कात्तिक २३, २०८१

काठमाडौं– बलिउड र दक्षिण भारतीय फिल्म उद्योगमा कमेडीका नायक मानिने ब्रम्हानन्दमसहित गजनी भिलेनका रुपमा स्थापित प्रदीप रावत र अर्का हास्य कलाकार अली ह्रस्व–दीर्घको प्रिमियर शोमा काठमाडौं आउने निश्चित भएको छ।

कात्तिक २९ मा हुने फिल्मको प्रिमियरका लागि तीनै जना कलाकार काठमाडौं आउने ह्रस्व–दीर्घका निर्देशक र निर्माताले जानकारी दिएका छन्। 

३० कात्तिकदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको यो फिल्ममा यी तीनैजना भारतीय कलाकारले अभिनय गरेका छन्। फिल्मको निर्माण अभिनेत्री नीता ढुङ्गानाले गरेकी छन् भने निर्देशन चन्द्र पन्तको रहेको छ। 

प्रदीप यादव २७ कात्तिकमा काठमाडौं ओर्लनेछन्। ब्रम्हानन्दम र अली उत्रिने मितिचाहिँ खुलेको छैन।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्