सहकारीपीडितले सोधे– हाम्रा पैसाले रवि लामिछानेलाई किनिदिएको ३ करोडको गाडी खोई?
पोखरा– सूर्यदर्शन सहकारी पीडितहरूले सरकार र अदालतलाई दबाब दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गलत हिसाबले सडक तताउने कोशिश गरेको बताएका छन्।
शुक्रबार पत्रकार सम्मेलनका क्रममा उनीहरूले जीबी राईको सम्पत्ति बेचेर पीडितको रकम फिर्ता गर्न सरकार अग्रसर हुनुपर्ने बताएका हुन्।
सहकारीमा राखेका पीडितका पैसाले हेलिकोप्टर र जहाजबाहेक ठगी गिरोहले सबैथोक किनेको भन्दै प्रश्न गरे,‘रवि लामिछानेलाई किनिदिएको तीन करोडको गाडी खोई ?’
सरकारले काम गरिरहेका कारण मौन बसेको बताएका उनीहरूले पोखरालाई शान्त राख्न चाहेको टिप्पणी गर्दै भने,‘हामी रास्वपालेभन्दा पनि धेरै मानिस उतार्न सक्ने थियौं। तर पोखरा शान्त राख्न चाह्यौं।’
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१ १३:४५
प्रतिक्रिया दिनुहोस्