Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकी केन्द्रीय बैंक फेडले घटायो ब्याजदर

शुक्रबार, कात्तिक २३, २०८१

काठमाडौं- अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भले ब्याजदर घटाएको छ । बैंकले नीतिगत दर ०.२५ आधार बिन्दुले घटाएको हो । सो विन्दुले घटाएपछि नीतिगत दर ४.५ प्रतिशतदेखि ४.७५ प्रतिशत कायम गरेको हो । यसअघि ४.७५ प्रतिशतदेखि ५ प्रतिशत रहेको थियो ।

आर्थिक वृद्धिदर सुधार देखिएको, मुद्रास्फीति सन्तुलनमा रहेको, आर्थिक वर्षको सुरुवातबाट नै श्रम बजार सामान्य रहेकाले  ब्याजदर घटाइएको बैंकले जनाएको छ ।फेडले एक प्रेसनोट जारी गर्दै मुद्रास्फीति मौद्रिक समितिको लक्षित सीमा दुई प्रतिशतमा आउनेमा प्रगति भइरहेको भए पनि अझै केही माथि रहेको जनाएको छ ।

अमेरिकी केन्द्रीय बैंकको मौद्रिक समितिले दीर्घकालीन रूपमा अधिक रोजगारी र मुद्रास्फीति २ प्रतिशत कायम राख्ने लक्ष्य राखेको छ ।

कोभिड र रसिया युक्रेन युद्धपछि अन्तर्राष्ट्रिय आपूर्तिमा देखिएको असरले बढेको मुद्रास्फीति नियन्त्रण गर्न बैंकले ब्याजदर बढाउँदै लगेको थियो । नीतिगत दर ५.२५ देखि ५.५ प्रतिशतसम्म पुर्‍याएको फेडेरल रिजर्भले २०२४ सेप्टेम्बरमा ०.५ आधार बिन्दु र नोभेम्बरमा पुनस् ०.२५ आधार बिन्दुले घटाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्