Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमबीबीएस पढ्न सुवेक्षालाई इटहरी उपमहानगरको १५ लाख सहयोग, भावुक भए मेयर पौडेल

शुक्रबार, कात्तिक २३, २०८१

इटहरी– सुकुम्बासी बस्तीमा बसेर पनि अध्ययनमा निक्कै मिहेनतसाथ सामुदायिक विद्यालयबाट छात्रवृत्तिमा उत्कृष्ट बनिन् इटहरी–१० कि सुवेक्षा खत्री। 

खत्रीको ओत लाग्ने घर छैन तर अध्ययनमा भने उनको जस्तो उत्कृष्टता अरुको छैन। एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिमा नाम निकालिन्, तैपनि १५ लाख रकम लाग्ने भएपछि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सह्रानिय घोषणा गर्दै खत्रीको भविष्यमा टेको थपेका छन्। 

छैठ पर्वको पूर्वसन्ध्यामा अस्ताउँदो सूर्यको आरधना भइरहँदा मेयर पौडेलले खत्रीलाई व्यक्तिगत ५१ हजार रुपैंया हस्तान्तरण गरे। यति मात्र गरेनन् अध्ययनका लागि लाग्ने १५ लाख उपमहानगरपालिकाले व्यहोर्ने पनि घोषणा गरिदिए। 

यसो गर्दैगर्दा मेयर पौडेल र खत्री दुवै भावुक बनेका थिए।

सुवेक्षाले छात्रवृत्तिमा उत्कृष्टता प्राप्त गरेको भएपनि खर्च अभावले आफ्नो डाक्टर बन्ने सपना त्याग्नुपर्ने अवस्थामा पुगेकी थिइन्। उपमहानगरले सुवेक्षाको पढाइमा लाग्ने खर्चमध्ये १५ लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेपछि उनले आफ्नो सपना पूरा हुने बताइन्।  

‘इटहरी सरकारले छात्रवृत्तिमा नाम निकालेकी सुवेक्षा खत्रीको अध्ययन खर्च उपलब्ध गराउने घोषणा भएको हो’, मेयर पौडेलका प्रेस सहयोगी धनबहादुर पुरीले भने,‘सुकुम्बासी बस्तीमा बर्षातको झरी अनि हिउँदको कठांग्रीने जाडोको समयमा दुःख र पिडा झेल्दै आएकी सुवेक्षाको डाक्टर पढ्ने सपना पुरा हुनेछ।’
mayor-1731058849.jpg
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्