Nic Ad Nic Ad
Nic Ad Nic Ad

ट्रम्प प्रशासनको अमेरिकी इन्डो-प्यासिफिक सैन्य रणनीतिका उपप्रमुख जनरल काठमाडौं आउने

शुक्रबार, कात्तिक २३, २०८१

काठमाडौं– राष्ट्रपति डोनल्ड ट्रम्पले अघिल्लो कार्यकालमा सुरु गरेको इन्डो प्यासिफिक सैनिक रणनीतिका उपप्रमुख तीन तारे जर्नेल यो हप्ता काठमाडौंमा उत्रिने तय भएको छ। 

नेपालका लागि अमेरिकी राजदूतावासले तीन तारे जर्नेल जशुआ एम. रड यसै हप्ता काठमाडौंमा आउने र उच्च तहको राजनीतिक भेटका साथै नेपाली सेनाका उच्च पदस्तसँग भेट गर्नेबारे खुलाएको छ। 

दूतावासले भनेको छ,‘लेफ्टिनेन्ट जनरल रडले यस हप्ता ‘२४९औं युएस मरिन कप्स बल कार्यक्रम’मा अतिथिका रुपमा भाग लिनुहुनेछ र आफ्नो भ्रमणको क्रममा नेपाल सरकारका अधिकारीहरू र नेपाली सेनासँग भेट गर्नुहुनेछ।’

चीनविरुद्धको रणनीतिका रुपमा ट्रम्पले भारतसँगको सामिप्यताका आधारमा त्यस बेलाको कार्यकालमा इन्डो प्यासिफिक सैन्य रणनीति कार्यक्रम लागू गरेका थिए। त्यसका लागि १६० करोड अमेरिकी डलर बजेट पनि तर्जुमा गरिएको थियो। 

बीचमा यो विषय त्यति चर्चामा नआए पनि ट्रम्प पुनः राष्ट्रपतिमा निर्वाचित हुनासाथ जनरल रडको नेपाल भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। नेपाल पनि उक्त सैन्य रणनीतिको साझेदार हुने या नहुने भन्ने विषयबारे सतहमा खुलेर केही तथ्य आएका छैनन्।

एकातिर अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन र त्यसँग सम्बन्धित सैन्य रणनीति एसपीपीका सन्दर्भमा केही समयअघि सरकारको बिरोध सभाका क्रममा प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रश्न खडा गरेका थिए। 

यसबीच जनरल रडको भ्रमण अर्थपूर्ण नै हुनेछ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्