Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज गर्न माग

शुक्रबार, कात्तिक २३, २०८१

काठमाडौँ- नेपाल आदिवासी जनजाति महासंघले प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज गर्न माग गरेको छ । 

महासंघले काठमाडौँको भीमसेनगोलास्थित संघीय परिषद्को कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी यस सम्बन्धमा सरकारको समेत ध्यानाकर्षण गराएको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले सोलुखुम्बु जिल्लाको महाकुलुङ, सोताङ र माप्या दुधकोशी गाउँपालिमा कार्यपालिकास्तरीय र वडास्तरीय छलफल गर्दा नयाँ राष्ट्रिय निकुञ्ज निर्माण हुने सम्बन्धमा त्यस क्षेत्रका स्थानीय जनता र जनप्रतिनिधिसँग समेत परामर्श नगरिएको बताए । 

यसैगरी महासंघका महासचिव दिवस राईले शुक्रबार बिहान वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई सिंहदरवारमा भेटेर प्रस्तावित मेरापिक राष्ट्रिय निकुञ्ज खारेज गराउने सम्बन्धी ज्ञापन पत्र बुझाइएको जानकारी दिए । ज्ञापन पत्र बुझ्दै मन्त्री शाहीले पनि आवश्यक सरसल्लाहबिना निकुञ्जको काम अघि नबढाइने धारणा राखेको महासचिव राईले बताए ।

राईका अनुसार करिब चार वर्षअघि आर्थिक वर्ष २०७७/०७८ मन्त्रालयस्तरबाट उक्त राष्ट्रिय निकुञ्ज निर्माणको काम विभिन्न स्तरमा समिति बनाएर सुरु गरिएको थियो । केही जनप्रतिनिधिहरूसँग उक्त निकुञ्ज निर्माण कार्य कार्यान्वयनका लागि छलफलसमेत भएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्