क्यूएफएक्सका मालिकले ‘कगुवा’सँगको त्राशमा ‘पूर्णबहादुरको सारङ्गी’को आश देखाउँदै आफ्नो फिल्म सारे
काठमाडौं– क्यूएफएक्स हलका मालिक नकिम उद्दीन निर्मित फिल्म ‘केटी हराएको सूचना’को रिलिज डेट सारिएको भनी सशंकित विज्ञप्ति जारी भएको छ।
नेपाली फिल्मलाई माया गर्ने भएकाले पूर्णबहादुरको सारङ्गीलाई शो दिनका लागि उनको फिल्म सारिएको प्रचार गरिए पनि त्यसो होइन, सत्य अर्कै छ।
उनको फिल्म १५ नोभेम्बरमा रिलिज हुने तय भएको थियो। तर, १४ नोभेम्बर एक दिन अघि नै दक्षिण भारतीय फिल्मका सुपरस्टार सूर्या र बलिउडका स्टार बबी देओल स्टारर ‘कगुवा’ रिलिज हुँदैछ।
क्यूएफएक्स आफैंले उक्त फिल्मलाई धेरै नै शो दिनेवाला छ। खुशीसाथ उसले यसरी कगुवा रिलिज हुने विषयलाई राखेको छ।
कगुवा निक्कै नै अपेक्षित फिल्म हो। किनभने यसमा सिंघमका असली नायक सूर्या र रणबीर कपुरलाई बलिउडमा चर्चामा ल्याउने अन्तिम भन्ने फिल्मका मुख्य भिलेनका रुपमा रहेका बबी देओल छन्।
देओलको पनि हिन्दी फिल्ममा अभिनयमा पुनरागमन भएको थियो।
यो फिल्मसँग भिँड्न नसक्ने भएपछि उद्दीनले आफ्नो फिल्म केटी हराएको सूचना सार्ने निधो गरे। तर, त्यसमा उनले कारणचाहिँ नेपाली फिल्म र पूर्णबहादुरको सारङ्गीलाई देखाए।
उक्त फिल्मको रिलिज डेट सारिएकोबारेको यो विज्ञप्ति हेर्नुहोस्।
क्यूएफएक्सले पूर्णबहादुरको सारङगीलाई यसअघि पनि ठूलो शो दिएको थिएन। तर, दर्शकको माग धान्न नसकेपछि उ शो दिनका लागि बाध्य भयो। त्यति मात्र नभएर हिन्दी फिल्मभन्दा पनि उक्त फिल्मले नै बढी आम्दानी दिने भएपछि शो बढाइएको थियो।