Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रिय टेबलटेनिस खेलाडी सेलिशाको निधन

शुक्रबार, कात्तिक २३, २०८१

काठमाडौँ - नेपाली राष्ट्रिय टेबलटेनिस खेलाडी सेलिशा खड्गीको शुक्रबार निधन भएको छ । लामो समयदेखि पेटको क्यान्सरबाट पीडित सेलिशाको निधन भएको हो ।

३० वर्षीया सेलिशाको शुक्रबारै कीर्तिपुरमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

सेलिशाले सन् २०१५ मा थाइल्यान्डको पटायामा भएको एसियन टेबलटेनिस च्याम्पियनसिप र सन् २०१६ मा भारतमा भएको १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाएकी थिइन् । 

उनले सन् २००९ मा भारतको जयपुरमा सम्पन्न ओएजीसी दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपबाट नेपाललाई कांस्य पदक दिलाएकी थिइन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्