युएस कंग्रेसमा निर्वाचित भए नेपाल ककस अमेरिकाका सहअध्यक्ष माइक
कोलम्बस (अमेरिका)- नेपाली समुदायसँग नजिक रहेर सहयोग गरिरहेका नेपाल मामिलाबारेमा जानकार माइक केरी रिपब्लिकन पार्टीका तर्फबाट संसदमा निर्वाचित भएका छन्।
उनी अमेरिकाको ओहायो राज्य डिस्ट्रिक १५ बाट युएस कंग्रेसमा निर्वाचित भएका हुन्। उनी नेपाल ककसका सहअध्यक्ष समेत हुन्।
उनले ५३ प्रतिशत र डेमोक्रेटिक पार्टीका उम्मेदवार एडम मिलर ४३ प्रतिशत मत प्राप्त गरेका थिए। सन् १९७१ मा अमेरिकामा जन्मिएका उनी मेरियन मिलिटरी इन्स्टिच्युटमा सहभागी भई सेनामा अफिसरका रूपमा सेवा गरिसकेका छन्।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१ २०:४४
प्रतिक्रिया दिनुहोस्