राष्ट्रिय परिचयपत्र विवाद: सर्वोच्चको आदेशविरूद्ध सरकारको भ्याकेट
काठमाडौं - सरकारले राष्ट्रिय परिचय पत्रलाई अनिवार्य नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरूद्ध भ्याकेट निवेदन दर्ता गरेको छ ।
न्यायाधीशहरू मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सामाजिक सुरक्षा भत्ता लिन वा अन्य विभिन्न काममा राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न अन्तरिम आदेश दिएको थियो ।
उक्त आदेशविरूद्ध राष्ट्रिय पञ्जिकरण विभागले महान्यायधिवक्ता कार्यालयमार्फत भ्याकेट निवेदन दर्ता गराएको कार्यालयका सहन्यायाधिवक्ता एवं प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए ।
‘राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न भनेर सर्वोच्चको आदेशविरूद्ध आज भ्याकेट निवेदन दर्ता गराएका छौं,’ दाहालले भने । कार्यालयले शुक्रबार सर्वोच्चमा भ्याकेट निवेदन दर्ता गराएको हो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१ २१:१७
प्रतिक्रिया दिनुहोस्