Nic Ad Nic Ad
Nic Ad Nic Ad

आठ पटकको च्याम्पियन्स लियोनविरुद्ध साम्बाको सुरुआती ११ मा पर्नु नेपालीको गर्विलो उपस्थिति

शनिबार, कात्तिक २४, २०८१

काठमाडौं– नेपाली महिला राष्ट्रिय टोलीकी स्ट्राइकर साबित्रा भण्डारी (साम्बा)ले फ्रान्सेली फूटबल आइकन अमेल मजरीसँग खेलपछि अनुभव साटेकी छन्।

इए गुइनग्याम्प क्लबबाट साबित्राले ६१ मिनेटसम्म ८ पटकको युईएफए महिला लिग च्याम्पियन्सको ओलम्पिक लियोनविरुद्ध मैदानमा कौशलता प्रस्तुत गरेकी थिइन्। 

यद्यपि खेला लियोनले ८–०ले आफ्नो पक्षमा पारेको थियो। विश्वका चर्चित खेलाडीसँग सँगसँगै यसरी उभिएकी साम्बा देख्दा उनका फ्यानहरू गर्विलो महशुश गरिरहेका छन्।

शक्तिशाली क्लबविरुद्ध सुरुआती ११ मा परेर फूटबल खेल्न पाउनु उनको परिश्रम र खेल कलाको उपलब्धि हो।

आठ पटकको च्याम्पियन्स लियोनविरुद्ध साम्बाको सुरुआती ११ मा पर्नु नेपालीको गर्विलो उपस्थिति मान्नुपर्ने बताइन्छ।

यस्ता समय र क्षण यस्ता हुन् जसले नेपाली महिला फूटबलरहरूको आगामी पुस्तालाई विश्वव्यापी मञ्चमा उभिन असम्भव छ भन्ने मान्दैन।
 

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  ०९:३९
प्रतिक्रिया दिनुहोस्