सीआईबीले भन्यो-वित्तीय संस्थाको कर्मचारी हुँ भनेर फोन गर्नेलाई व्यक्तिगत विवरण नदिनू
काठमाडौँ - प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंक तथा वित्तीय संस्थाको कर्मचारीको आवरणमा फोन गरेर व्यक्तिगत विवरण माग्नेलाई आफ्नो विवरण नदिन आग्रह गरेको छ ।
ह्याकर र ठगीमा संलग्नहरूले ‘खाता रिन्यु र अपडेट’ गर्ने नाममा रकम ट्रान्सफर गर्ने हुनाले त्यस्तो विवरण दिँदा जोखिम हुने ब्युरोले जनाएको छ ।
अपरिचितहरूले त्यसरी फोन गरेमा आफ्नो विवरण नदिएर बैंक तथा वित्तीय संस्था वा प्रहरीमा जानकारी गराउन ब्युरोले आग्रह गरेको छ ।
ठगीमा संलग्नहरूले बैंकको खाताको ठेगाना नमिलेको भनेर पनि फोन गर्ने र खाताको रकम चोरी गर्ने गरेका छन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१ ११:०५
प्रतिक्रिया दिनुहोस्