केन्द्रीय समिति बैठक चलिरहेकै बेला दबाब दिन मुख्यालय बाहिर रास्वपा कार्यकर्ता
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी छ। बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचन परिचालनका विषयमा छलफल भइरहेको कार्यवाहक बताइएको छ।
यता, पार्टी सभापति रवि लामिछाने पक्राउ परेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै रास्वपाका समर्थक दबाब दिन घण्टीघरमै पुगेका छन्। रास्वपा पार्टी कार्यालयमा अहिले प्लेकार्डसहित समर्थक तथा कार्यकर्ता बसिरहेका छन्। उनीहरूले रविलाई न्याय, सहकारी पीडितको रकम फिर्ता र सबै भ्रष्टहरुलाई जेल नकोचेसम्म आन्दोलन जारी रहन्छ, आँटिला नेतालाई सलाम छ, डराउँनेलाई आँट दिन्छौँ, आफ्नै नेताहरुलाई नो नट अगेन भन्ने दिन नआओस् जस्ता नारा लगाएका छन्।
त्यस्तै, उनीहरूले कि संकटमा पार्टी सम्हाल कि ठाउँ छाड, रविको नाममा सांसद र नेता भएकाहरु रविलाई संकट पर्दा पछि हट्नु धोखा हो, निर्णायक आन्दोलनको विकल्प छैन, पार्टी एकता देशको आवश्यकता, सबै हाम्रा नेता हौँ नेताजस्तै बन, की भन रवि दोषी हो कि लड उसका लागि, समयले आन्दालने नयाँ नेतृत्व, नयाँ संविधान र नेपालीमा आशा दिनेछ, रविले नाम दिए रविलाई पर्दा साथ नदिने? भन्ने नारासहितको प्लेकार्ड बोकेका छन्।