मानव तस्करीमा मुछिएको आरोप लागेका कोशीका पूर्वमन्त्री अधिकारी एमालेद्वारा निलम्बित
काठमाडौं– कोशी प्रदेशका पूर्वआन्तरिक मामलामन्त्री लिलाबल्लभ अधिकारीलाई नेकपा एमालेले साधारण संगठीत सदस्य समेत नरहनेगरी निलम्बन गरेको छ।
एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले शनिबार एक विज्ञप्ति जारी गरी मानव तस्करीको आरोप लागेको र त्यसको निरुपण नभएसम्मका लागि साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरिएको जनाएका छन्।
प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१ १५:२०
प्रतिक्रिया दिनुहोस्