Nic Ad Nic Ad
Nic Ad Nic Ad

दोस्रो चरणको सशक्त आन्दोलन गर्ने रास्वपाको निर्णय

शनिबार, कात्तिक २४, २०८१

काठमाडौ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछाने पक्राउविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने भएको छ ।

दोस्रो चरणमा सशक्त आन्दोलन गरिने पार्टीले जनाएको छ । शनिबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको रास्वपा केन्द्रीय समितिको बैठकबाट विभिन्न तीन निर्णय गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाले राज्यसत्ताको स्वेच्छाचारी, अधिनायकवादी प्रवृत्ति विरुद्ध साथै साझा राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रही सञ्चालन गर्न गइरहेको दोस्रो चरणको संयुक्त सशक्त आन्दोलनमा साथ दिन सम्पूर्ण न्यायप्रेमी आम नेपाली जनतामा हार्दिक आह्वान गर्ने,” बैठकको निर्णयमा उल्लेख छ । दोस्रो चरणको आन्दोलनको मिति भने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छैन ।

लामिछानेविरुद्ध गरिएको कारबाहीलाई रास्वपाले राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर समेत गरेको छ । उक्त कार्यको भर्त्सना गरिएको छ । “यो कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्म्याइ छ,” निर्णयमा भनिएको छ ।

asdf-1731158287-1731158944.jpg
 

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्