Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकतीस वर्षपछि बागीश्वरी सडक कालोपत्र

आइतबार, कात्तिक २५, २०८१
तनहुँ - एकतीस वर्षपछि व्यास नगरपालिका-११ स्थित बागीश्वरी सडक कालोपत्र सुरु गरिएको छ । संघीय सरकारबाट रु. चार करोड बजेट विनियोजन भएपछि उक्त सडक कालोपत्र गर्न सुरु गरिएको हो । बागीश्वरी मोटरमार्ग उपभोक्ता समितिका अध्यक्ष विवेक भट्टराईका अनुसार व्यास नगरपालिका-११ बाट भानु नगरपालिका-६ जोड्ने उक्त सडकअन्तर्गत व्यास नगरपालिका क्षेत्रमा भने सडक स्तरोन्नतिको काम जारी छ । पहिलो चरणमा व्यास नगरपालिका-११ शेराबाट ढुंगाखानीसम्म कालोपत्र हुँदैछ । हालसम्म आठ सय ५० मिटर कालोपत्र भइसकेको छ । मुकुन्देश्वरी पदमार्ग निर्माण यसैबीच, जिल्लाको पर्यटकीय स्थल बन्दीपुर गाउँपालिका-२ थानीमाई मन्दिरबाट मुकुन्देश्वरी पदमार्ग निर्माण थालिएको छ । थानीमाई मन्दिरबाट निर्माण सुरु भएको दुई किलोमिटर लामो पदमार्ग चुलीडाँडामा टुंगिनेछ । यो पदमार्गलाई मुकुन्देश्वरी गढीसम्म जोड्ने योजना रहेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । गाउँपालिकाको गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि रु. १९ करोड लागत अनुमान गरिएको छ । यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो ‘बन्दीपुर’ लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गरिनेछ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  ०९:२९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार