Nic Ad Nic Ad
Nic Ad Nic Ad

रबिलाई भेट्न हिरासत पुगे कलाकार दिपकराज र निर्मल शर्मा

आइतबार, कात्तिक २५, २०८१

काठमाडौ - कलाकार दिपकराज गिरि र निर्मल शर्माले कास्की हिरासतमा रहेका रास्वापाका सभापति रबि लामिछानेलाई भेटेका छन् । लामीछानेलाई भेटेर निस्कीएकाे तस्बिर सामाजिक संजालमा देख्न सकिन्छ । 

सहकारी ठगी र सङ्गठित अपराधमा प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज पुनः म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ ।

लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेको छ। यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । रास्वपाले सभापति लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोध राखेर हिरासतको समय लम्ब्याउने काम गरिरहेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १०:०१
प्रतिक्रिया दिनुहोस्