नेभिगेशन
सुरक्षा–अपराध

मानव तस्करीको आरोपमा कोशीका पूर्वमन्त्री तथा एमाले नेता अधिकारी पक्राउ

काठमाडौं– केही दिनअघि कोशी प्रदेश आन्तरिक मामिला मन्त्रीबाट राजीनामा दिएका एमाले नेता लिला बल्लभ अधिकारीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ। 

मानव तस्करीको अभियोग लागेका अधिकारीलाई यसअघि एमालेले निलम्बन गरेको थियो। 

पक्राउ गरिएका अधिकारीलाई बिराटनगरबाट काठमाडौं ल्याउन लागिएको छ। 

अधिकारीलाई केही दिनअघि जापान मानव तस्करी गरेको आशंकापछि टोकियो विमानस्थलबाटै फिर्ता गरिएको पाइएको छ ।
उनलाई मानव तस्करीको आरोप लागेको छ। 

प्रदेश मन्त्रीको विदेश भ्रमण पनि संघीय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने भए पनि उनी आफूखुसी जापान गएका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध