रास्वपा लक्षित देउवाको टिप्पणी- हाम्रा साथीहरूलाई मुद्दा चलाउदा कहिल्यै होहल्ला गरेनौं
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्ष्य गर्दै हो-हल्ला नगर्न आग्रह गरेका छन्।
कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा कांग्रेसले कहिल्यै पनि हो-हल्ला नगरेको सभापति देउवा बताउँछन्।
रवि लामिछानेलाई पक्राउ गरेर सरकार पूर्वाग्रही भएको छ भन्ने आरोप छ, यसमा कांग्रेसको धारणा के हो भनेर सोधिएको प्रश्नमा जबाफ दिँदै सभापति देउवाले भने, ‘हेर्नुस्, हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै हो-हल्ला गरेनौं, यो अदालती प्रक्रियामा छ।’
धनगढी विमानस्थलमा आइतबार पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले पूर्वसहमतिअनुसार कांग्रेस-एमाले गठबन्धन २०८४ सालसम्म नै जाने र सरकारले पनि त्यो बेलासम्म निरन्तरता पाउने बताए।
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१ १२:५६
प्रतिक्रिया दिनुहोस्