Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरीमा कहिले हुन्छ ८ डीआईजीमा बढुवा, को–को छन् प्रतिस्पर्धी?

आइतबार, कात्तिक २५, २०८१

काठमाडौं– नेपाल प्रहरीमा रिक्त रहेको ८ जना नायव महानिरिक्षक (डीआईजी) पदमा बढुवाका लागि महानिरिक्षक (आईजी)का ब्याची समेत रहेका छन्।  

डीइआईजीहरु बुद्धिराज गुरुङ र केदार ढकाललाई गृह मन्त्रालयले एआईजीमा बढुवा सिफारिस गरेसँगै ८ रिक्त पद छन्।

आईजी कुँवरका ब्याची भोला बहादुर रावल, ध्रुवराज राउत र गणेश चन्द २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका थिए। यी तीन जना अझै प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) नै छन्।

यस पटक बढुवा नभएको खण्डमा यी तीनै जना एसएसपीमा नै घर फर्किनेछन्। 

त्यसपछि भने एसएसपीहरू शिद्धी विक्रम शाह, सुशील सिंह राठौर र उमा प्रसाद चतुर्वेदी रिक्त पदका दाबेदार हुन्। हिमालय कुमार श्रेष्ठ, डम्बर बहादुर बिक र ओमबहादुर राना पनि प्रतिस्पर्धामा छन्। उनीहरू २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर प्रहरीको जनपद समूहतर्फ समायोजन भएका थिए। 

ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया पनि डीआईजीका प्रतिस्पर्धी हुन्। २०५४ चैत १८ मा उनीहरू इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। 

यो ब्याचका दान बहादुर कार्की, डा. मनोज केसी र राज अधिकारी डीआईजी छन्।  ३ जना २०८१ चैत १४ मा डीआईजीमा बढुवा भएका थिए।
 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १३:१४
प्रतिक्रिया दिनुहोस्