जापानमा मानव तस्करीः कोशीका पूर्वमन्त्रीलाई यतिमा काठमाडौं ल्याउँदै प्रहरी
काठमाडौं– जापानमा मानव तस्करी प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका कोशी प्रदेशका पूर्वमन्त्री तथा एमालेले कारबाही गरेका नेता लिलाबल्लभ अधिकारीलाई बिराटनगरबाट काठमाडौं ल्याउने तयारी पूरा भएको छ।
बिराटनगर विमानस्थलबाट यति एयरलाइन्सको विमानमार्फत ल्याएर अधिकारीलाई जिल्ला प्रहरी परिसरमा लगिनेछ। जिल्ला प्रहरी परिसरको हिरासतमा राखेर मानव बेचबिखन ब्युरो बबरमहलले उनीमाथि अनुसन्धान गर्नेछ।
ती एयरलाइन्स एफओएच कल साइनको उडान नम्बर–७८६ विमान मार्फत उनलाई २ बजेर ३० मिनेटमा काठमाडौँका लागि उडाइनेछ।
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१ १४:१६
प्रतिक्रिया दिनुहोस्