चीन र अमेरिकाका लागि आवासीय राजदूत नियुक्त
काठमाडौँ- प्रा. डा. कृष्णप्रसाद ओली र लोकदर्शन रेग्मी आवासीय राजदूत पदमा नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्रा. डा. कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१ १४:३०
प्रतिक्रिया दिनुहोस्