Nic Ad Nic Ad
Nic Ad Nic Ad

लीलाबल्लभ अधिकारीले भने- म ठगिएपछि जापानबाटै प्रहरीलाई सूचना दिएको थिएँ

आइतबार, कात्तिक २५, २०८१

विराटनगर- कोशी प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले मानव तस्करको गिरोहबाट आफैं ठगिन पुगेको बताएका छन् ।

प्रहरीको टोलीले विराटनगरस्थित घरबाटै पक्राउ गर्नुअघि अधिकारीले आफू अनुसन्धानलाई सघाउन काठमाडौं गइरहेको पनि बताएका छन् ।

‘यो अपराधबारे सूचना मैले नै दिएको हो । मैले सबै सूचना दिन्छु भनेकै छुन । म थप अनुसन्धानमा सघाउन काठमाडौं जाँदैछु । विवाद उठ्नेबित्तिकै मैले राजकीय जिम्मेवारी (प्रदेश मन्त्री) छाडेँ’, उनले भने, ‘मन्त्री छाडेपछि पनि पार्टी (एमाले) माथि सञ्चारमाध्यले प्रश्न गर्न थाले । त्यहीकारण मैले अनुसन्धान नसकियुन्जेल पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाइदिन निवेदन दिएँ ।’

अधिकारीले यो अनुसन्धानलाई सघाउने गरी आफूले नै सूचना दिएको बताए । ‘म म ठगिएको महसुस भएपछि मैले जापानबाटै सम्पूर्ण सूचना प्रहरीलाई दिइसकेको थिएँ । अब म सम्पूर्ण सवुत प्रमाणसहित सघाउन काठमाडौं जाँदैछु ।’

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १४:३६
प्रतिक्रिया दिनुहोस्