रास्वपाको अबको सभापति को भन्ने विषयमा उपसभापति डीपी अर्यालले खोले मुख
काठमाडौं– सभापति सहकारी ठगी तथा संगठित अपराधको अनुसन्धानका क्रममा रवि लामिछाने प्रहरी हिरासतमा रहेका बेला रास्वपा उपसभापति डीपी अर्यालले अबको सभापति को हो? भन्ने विषयमा मुख खोलेका छन्।
पोखरामा बिरोध सभालाई सम्बोधन गर्ने क्रममा भने,‘अबको रास्वपाको सभापति भनेको रवि लामिछाने नै हो। चाहे उहाँ थुनामा हुनुहोस् कि जेलमा हुनुहोस् रवि लामिछाने नै सभापति हो।’
कार्यबाहक सभापति बन्ने भन्ने विषय गौण रहेको बताउँदै उनले भने,‘जेलमा बसेर पनि सभापति भएका र निस्किएको भोलीपल्ट प्रधानमन्त्री भएको इतिहास संसारभरी छ।’
उनले सडक र सदनबाट आफूले उपस्थिति देखाउने बताउँदै अर्यालले भने,‘पार्टी सभापतिको हरेक दिनको सल्लाहमा रहेका कारण आन्दोलनको नेतृत्व गरिरहेको छु। केन्द्रीय समितिले पनि खास निर्णय गर्नेछ।’
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१ १५:०२
प्रतिक्रिया दिनुहोस्