जापानमा मानव तस्करीः कोशीका पूर्वमन्त्रीलाई काठमाडौं ल्याइयो
काठमाडौं– जापानमा मानव तस्करी प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका कोशी प्रदेशका पूर्वमन्त्री तथा एमालेले कारबाही गरेका नेता लिलाबल्लभ अधिकारीलाई बिराटनगरबाट काठमाडौं ल्याइएको छ।
उनलाई यती एयरलाइन्सको जहाजमार्फत काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।
आइतबार मध्याह्न बरगाछीस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। जापानमा जाँदा असम्बन्धित मान्छेलाई लिएर गएर मानव तस्करीको प्रयास गरेको उनीमाथि आरोप छ ।
अधिकारीलाई जिल्ला प्रहरी परिसरमा लगिएको छ। जिल्ला प्रहरी परिसरको हिरासतमा राखेर मानव बेचबिखन ब्युरो बबरमहलले उनीमाथि अनुसन्धान गर्नेछ।
ती एयरलाइन्स एफओएच कल साइनको उडान नम्बर–७८६ विमान मार्फत उनलाई ल्याइएको हो।
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१ १५:४६
प्रतिक्रिया दिनुहोस्