Nic Ad Nic Ad
Nic Ad Nic Ad

इजलासमा रवि लामिछानेले भने– सहकारी पीडितको आन्दोलन नक्कली

आइतबार, कात्तिक २५, २०८१

पोखरा– म्याद थपका लागि जिल्ला अदालत कास्कीमा आइतबार बहस हुँदा रास्वपा सभापति रवि लामिछानेले आफू निर्दोष रहेको पुनः दाबी गर्दै सहकारी पीडित भनेर गरिएको आन्दोलन नक्कली भएको टिप्पणी गरेका छन्। 

अदालत स्रोतका अनुसार प्रहरीले २५ दिनको म्याद थपका लागि प्रस्ताव गरेपछि चलेको बहसका क्रममा लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध नै लिएको दाबी गरी सहकारी पीडितका नाममा आफूविरुद्ध चलाइएको आन्दोलन नक्कली रहेको ठोकुवा गरेका थिए। 

आइतबारको बहसमा रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, मेघराज पोख्रेल, नारायण घिमिरेले बहस गरेका थिए। पूर्वडीआईजी छविलाल जोशी बञ्जाडेका  तर्फबाट वरिष्ठ अधिवक्ता जगनाथ ढकाल र कृष्णबहादुर थापाले बहस गरेका थिए। 

सरकारी वकिलका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता  कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी र सहकारी पीडितका तर्फबाट अधिवक्ता युवराज पराजुली एवं बीबी विष्टले बहस गरेका थिए।
 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्