Nic Ad Nic Ad
Nic Ad Nic Ad

आंशिक प्राध्यापकलाई करार बनाउने प्रक्रिया अघि बढ्यो

आइतबार, कात्तिक २५, २०८१

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आंशिक प्राध्यापकहरूलाई करार बनाउने प्रक्रिया अगाडि बढाएको छ । 

त्यसका लागि प्रा.डा. योगेन्द्रप्रसाद गुरुङको संयोजकत्वमा तीन सदस्यीय एक स्थलगत अध्ययन टोली गठन गरेको छ । उक्त टोलीको प्रतिवेदनका आधारमा शिक्षण सहायक नियुक्ति कार्यविधि निर्माण गरी शिक्षक सहायक पद सम्बन्धी प्रक्रिया अगाडि बढ्ने त्रिविले जनाएको छ ।त्रिवि कार्यकारी परिषद्को गत साउन २३ गते बसेको बैठकले ६२ वटै आंशिक क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरूलाई करारमा नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । सोही आधारमा त्रिवि शिक्षाध्यक्षको कार्यालयले कार्यदल गठन गरेको हो । 

डोटी बहुमुखी क्याम्पस डोटी, डडेलधुरा क्याम्पस डडेलधुरा, सुर्खेत क्याम्पस सुर्खेत, तेह्रथुम क्याम्पस तेह्रथुम, भोजपुर क्याम्पस भोजपुर, विश्वभाषा क्याम्पस काठमाडौँ र जुम्ला क्याम्पस जुम्लालाई पत्राचार गर्दै जानकारी गराएको हो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १६:०५
प्रतिक्रिया दिनुहोस्