नेभिगेशन
समाज विविध

कालिकोटमा ३ सय मिटर तल बोलेरो खस्दा मृत्यु भएका ६ जना र अन्यको पहिचान खुल्यो  

काठमाडौं– कालिकोटको पलाता गाउँपालिका–३ मा तीन सय मिटर तल यात्रुबाहक बोलेर जीप खस्दा मृत्यु भएका ६ जनासहित धेरै घाइतेको पहिचान खुलेको छ। 

पलाता गाउँपालिका–५ खिनबाट थिर्पुतर्फ जाँदै गरेको क.१ज. ५६ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट भिरतिर खसेको थियो।

घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब पाँच घण्टाको दूरीमा रहेकोले उद्धार कार्यमा कठिनाइ भएको थियो। हेलिकोप्टरबाट उद्धार गरिएको थियो। 

बोलेरो दुर्घटनामा मृत्यु हुनेहरुमा पलाता–६ का दशकला शाही, पलाताका बदम बम, भगवती रोकाया, गणेश शाही, सोही गाउँपालिका–५ की छाया शाही, ३ नम्बर वडाका दमन रोकाया रहेको प्रहरीले जनाएको छ। 

यसैगरी, घाइतेमा पलाता–६ का केशव थापा, किशोर थापाविजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया, भूपेन्द्र रोकाया, निर्मल रोकाया, जगत रोकाया, पलाता ३ का दानबहादुर रोकाया, पलाता–५ की दोली विक, आयुशा विक रहेका छन्। घाइते चालक धनिराम रावतको ठेगाना खुलेको छैन। 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता