Nic Ad Nic Ad
Nic Ad Nic Ad

ग्लास्गोबाट फर्किए नेपाल प्रहरीका आईजी कुँवर, अब भटाभट हुनेछन् रिक्त पदमा बढुवा

सोमबार, कात्तिक २६, २०८१

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवर संयुक्त अधिराज्यको ग्लास्गोमा सम्पन्न इन्टरपोलको ९२औं महासभामा सहभागी भई आइतबार राती काठमाडौं उत्रिएका छन्। 

इन्टरपोल महासचिवालयको आयोजनामा कात्तिक १९ देखि २२ गतेसम्म संचालित उक्त महासभामा सहभागी भई फर्किएका आईजी कुँवरलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दीपक थापा लगायतले स्वागत गरेका थिए। 

महासभामा नेशनल सेन्ट्रल ब्युरो नेपालका प्रमुखसमेत रहेका कुँवर नेतृत्वको प्रतिनिधि मण्डलद्वारा चीन, दक्षिण कोरिया, अमेरिका, कतार र यूएईका प्रतिनिधीहरूसँगको द्विपक्षीय भेटघाटका क्रममा समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा छलफल भएको थियो।

महासभामा कार्यकारी समितिको रिक्त पदहरूमा निर्वाचन समेत भएको थियो ।

उक्त निर्वाचनमा इन्टरपोलको १९६ सदस्य राष्ट्रहरूको प्रतिनिधिहरू सहभागी भई नेपालले समेत आवश्यक मतदान गरेको थियो।

महासभाले इन्टरपोलको ९३औं महासभा सन् २०२५ मा मोरक्कोको माराकेचमा, ९४औं महासभा सन् २०२६ मा हङकङ, चीनमा र ९५औं महासभा सन् २०२७ मा कतारको दोहामा आयोजना गर्ने निर्णय गरेको छ। 

आईजी कुँवर फर्किएलगत्तै अब संगठनमा रोकिएका बढुवा प्रक्रियाले गति लिनेछ। ८ रिक्त डीआईजी पदमा तत्काल बढुवा हुनेछन् भने एसएसपी र एसपी बढुवाका काम पनि क्रमिक रुपमा अगाडि बढ्नेछ। 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्