Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादी पदाधिकारी बैठक कुलमानको बचाऊमा केन्द्रित, सापकोटा भन्छन्– सरकार अधिनायकवादी

सोमबार, कात्तिक २६, २०८१

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीको पदाधिकारी बैठकले सरकारले राम्रा मानिसलाई हटाएर अधिनायकवादी चरित्र देखाइरहेको निचोड निकालेको छ। 

सोमबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता तथा उपाध्यक्ष अग्नी सापकोटाले भने,‘सरकारले कुलमान घिसिङलाई हटाउनका लागि अनेक प्रपञ्च र षडयन्त्र गरिरहेको छ। यसले माओवादीले सरकार अधिनायकवादी भयो भन्ने लगाएको आरोप पुष्टि हुन्छ।’

संविधान संशोधनको विषयलाई सेलाउनेगरी कांग्रेस एमालेको सत्ता हत्याउने हतियार मात्र रहेको बताएको माओवादीले भन्यो,‘संशोधन गर्ने नै हो भने निर्वाचन प्रणालीमा परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छ।’
 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार