Nic Ad Nic Ad
Nic Ad Nic Ad

पार्कर दिनेश सुनारलाई मदर टेरेसा पुरस्कार, सशस्त्र प्रहरी छाडेर गिनिजमा उधुम मच्चाएका छन्

सोमबार, कात्तिक २६, २०८१

काठमाडौं– खोटाङको माटोमा हुर्किएर आफ्नो कौशलताको कथा अमेरिकासम्म कोरिरहेका पार्कर खेलाडी दिनेश सुनारलाई यस बर्षको अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार प्रदान गरिएको छ।

१८ पटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा दिएको योगदानको कदर गर्दै नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा सो पुरस्कार प्रदान गरिएको हो।

युवाहरूलाई प्रेरणा दिन, स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्न र नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउँदै आएका दिनेश सशस्त्र प्रहरीका पूर्वकर्मचारी हुन्। उनले पार्कर खेललाई नै गति दिनका लागि जागिर त्यागी अमेरिकामा अभ्यास समेत गरेका थिए। 

उनी भन्छन्,‘मेरो जीवनको प्रस्थानविन्दु नै सशस्त्र प्रहरी थियो। संगठनप्रति गर्व गर्दै अहिले पार्कर खेललाई विश्व मञ्चमा चिनाउन पाउँदमा गर्विलो महशुस भएको छ।’

मानवतावादी सेवा, सामाजिक कार्य र शान्ति निर्माणका क्षेत्रमा योगदान दिने व्यक्तिहरू र संस्थाहरूलाई सम्मानित गरिने यो पुरस्कार स्वर्ण भारत परिवार नामक संस्थाले प्रदान गर्दै आएको छ।

विश्वका एक हजार जनालाई प्रदान गरिने यो पुरस्कार पाउने दिनेश एक मात्र नेपाली हुन्। भारतका डा बेनेट फरनान्डेज, मेक्सिकोकी रीता अगुइलर गोन्जालेज, सिङ्गापुरकि डा म्यारी एङ, अमेरिकाकी डा लिनोरा पिटरसन, जिम्बाबेकी डा प्याटृसिया गोन्डे, बेलायतकी अलिसन चिवारालगायतसमाजमा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिएका एक हजार एकजनामध्ये उनी नेपालबाट एकजना मात्र रहेका छन्।

मदर टेरेसाका मूल्य मान्यतासँग मेल खाने योगदानलाई प्रोत्साहित गर्न र प्रवर्द्धन गर्न स्थापना गरिएको यो पुरस्कार उपेक्षित समुदायको उत्थान, वञ्चित वर्गका लागि स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्न तथा विश्व शान्ति र सौहार्दको भावना जागृत गराउन करुणा र निःस्वार्थ सेवा गरेवापत प्रदान गर्ने गरिन्छ।

उनको यो अदभूत कला सिटी अफ एक्रोनका मेयर डेनियल होरिगानले गत २१ अप्रिललाई दिनेश सुनार डे नै घोषणा गरेका थिए भने अमेरिकाको हाउस अफ रिप्रेजेन्टेटिभले १० फेब्रुअरीमा सम्मान गरेको थियो।

यतिमात्र होइन, गिनिज वल्र्ड रेकड्र्स डेमा संसारका उत्कृष्ट पाँच रेकर्ड होल्डरभित्र उनी पनि परेका थिए। उनले २०२१ मा अक्रोन, ओहोयोमा भुटानीज् कम्युनिटी एशोसिएशन इंक, अक्रोनको सहयोगमा सनसाइन तेक्वान्दो एकेडेमीद्वारा आयोजित कार्यक्रममा ३० सेकेन्डमा सबैभन्दा पूर्ण ट्विस्ट ब्याकफ्लिप्सका लागि विश्वकीर्तिमान तोडेका थिए भने ९ मार्च २०२३ मा न्यूयोर्कमा जिपीके फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा एक मिनेटमा सबैभन्दा धेरै २१ पटक डाइभिङ गर्ने गिनिजवल्र्ड रेकर्ड तोडेका थिए।

खोटाङको राजापानीका विर्खबहादुर सुनार र रीता सुनार छोरा दिनेश गाउँमा उफ्रिएको, उल्टिएको देख्दा जीवनको यात्रा कसरी गर्ने होला भन्ने चिन्ता र लयबिहिन थितर दिनेशमा कडा मिहेनत र परिश्रम अनि त्यसको प्रदर्शन गर्ने भोक साधारण थिएन। 

त्यसैको परिणामको यात्रा सशस्त्र प्रहरीबाट भयो। सशस्त्र प्रहरीका तत्कालिन प्रमूख सनत बस्नेतले उठाएर हलचोक पुराए, बिर्खबहादुर र रीताको सपनाको पहिलो खुड्कीलो पुरा भयो।

अब छोरा कमाउने भयो पाल्न सक्छ भन्ने ठानेका सुनार दम्पत्तीका लागि दिनेश एउटा आशावादी छोराका रूपमा अघि बढ्न थाले। उनको कला हेर्दा सानो र असामान्य लाग्थ्यो। पहाडका गोरेटो र बगरमा उफ्रिने उल्टीने दिनेशले अहिले यो सम्मान पाएका छन्। 

जिम्न्यास्टिकजस्तै विभिन्न विधामा उल्टिने, उफ्रिनेलगायतका कलालाई पार्कर भनिन्छ। सशस्त्र प्रहरीसँगको प्रेम, देशसँगको अगाध माया र चन्द्र सूर्य झन्डालाई विश्व समुदायमा परिचय गराउने भोक उनमा ज्युँदो छ।

‘संघर्षको मैदान छाडेको छैन, दुखका कति सन्नाटाहरु देखियो। आखिर यात्रा जीवन हो र यसैलाई निरन्तरता दिनुपर्छ भनेर लागि परेको छु’, दिनेशले संघर्षका दौरान सुनाएका थिए। 

नेपालमा ‘पार्कर’ खोज्दा निक्कै कम भेटिन्छन्। कम मध्येका पनि दिनेश यति तिक्ष्ण छन् की उनको तुलना सम्भवतः नेपालमा कसैसँग हुँदैन। उनको यहि कलाका कारणले फिल्मनगरीमा पनि उनको माग बढ्दो भयो। ‘मस्ट ट्विस्टिङ व्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलमा उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा पहिलो पटक नाम दर्ता गराएका थिए। 

‘न्युनतम १५ पटकसम्म गर्नुपर्ने गिनिजबुकमा उल्लेख थियो, मैले १८ पटकसम्म गरेको थिएँ’, उनी सम्झन्छन्,‘यति गरे मेरो देशको नामलाई विश्वमा चिनाउने एउटा आधार बन्न सक्छु भन्ने विश्वास पनि छ।’ अहिले दिनेशले पार्कर खेलमा उधुम मच्चाएका छन्।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्