Nic Ad Nic Ad
Nic Ad Nic Ad

पब्जी विश्वकप खेल्न मलेसिया पुग्यो नेपाली डीआरएस टोली, ६ करोड जित्ने दाउ

सोमबार, कात्तिक २६, २०८१

काठमाडौं– नेपाली पब्जी टिम डीआरएस पब्जी विश्वकप खेल्न मलेसिया पुगेको छ। 

३१ ओक्टोबरबाट सुरु भएको यो प्रतियोगिता खेल्नका लागि डीआरएस आइतबार राती मलेसियाको राजधानी क्वालालाम्पुर उडेको थियो। 

समिर गुरङको नेतृत्वमा दिपेश गुरुङ, साहस भण्डारी, सन्देश प्रधान, शितल राई लगायतका अफिसियलहरु मलेसिया गएका हुन्। 
पब्जी विश्वकपमा विश्वभरका ४८ टिमले सहभागिता जनाउनेछन्।

उक्त प्रतियोगितामा नेपालको तर्फबाट डीआरएस गेमिङ र होर्रा स्पोर्टसले प्रतिनिधित्व गर्नेछन्। 

प्रतियोगितामा ४८ टिमलाई ३ वटा समूह बनाउँदै १६ टिममा विभाजन गरिएको छ। 

समूह चरणमा प्रत्येकले २४ वटा खेल खेल्नेछन् भने शीर्ष ३ टिम फाइनलका लागि प्रवेश गर्नेछन् । 

अंक तालिकाको चौथोदेखि ११ औँ नम्बरमा रहेका टिम ‘सर्भाइबल स्टेज’ मा पुग्नेछन्। बाँकी रहेका टिम भने समूह चरणबाट नै बाहिरिने छन्। 

सर्भाइबल स्टेजमा रहेका २४ टिम फेरि ३ समूह गरि ८ टिममा विभाजन हुनेछन्। यो स्टेजबाट १६ टोली अर्को चरणमा पुग्नेछन् भने अंक तालिकाको अन्तिममा रहेको ८ टिम प्रतियोगिताबाट बाहिरिने छन्। 

‘लास्ट चान्स’मा पुगेका १६ टिम मध्ये ६ टिम फाइनलमा पुग्नेछन् । 

पब्जी विश्वकपको फाइनल खेलमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् जसमध्ये एक घरेलु टिम सोझै फाइनल खेल्नेछ। फाइनलमा १८ खेल हुनेछन् जसले पब्जी विश्व विजेता निर्धारण गर्नेछ। 

तिन चरणको खेल मलेसियामा हुने भएता पनि पब्जी विश्वकपको फाइनल खेल बेलायतको लन्डनमा हुनेछ। विश्वकप विजेताले करिव नेपाली ४० करोड रुपैयाँ जित्नेछ। 

डीआरएस योसहित लगातार ५ पटक विश्वकप खेल्दै छ। गत पब्जी विश्वकप २०२२ मा डीआरएसले दोस्रो स्थान हासिल गरेको थियो। डीआरएसले पुरस्कारस्वरूप कुल ३ करोड ८६ लाख नेपाली रुपैयाँ पुरस्कार जितेको थियो। यस्तै, नेपालकै अर्को टोली ट्रेन्ड टु किल १३ औं स्थानमा रहन सफल भएको थियो।

सन् २०२० मा स्थापना भएको डीआरएस आफ्नो अहिलेसम्मको करिअरमा १० करोड नेपाली रुपैयाँ भन्दा माथिको पुरस्कार जित्न सफल भइसकेको छ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्