कोशीका पूर्वमन्त्री पक्राउ पर्नु गल्ती गर्ने कसैलाई छुट दिँदैन भन्ने संकेत हो : मन्त्री गुरुङ
काठमाडौँ- सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले कोशी प्रदेशका पूर्वकानुनमन्त्रीको पक्राउ पर्नु गल्ती गर्ने कसैलाई छुट दिँदैन भन्ने संकेत भएको बताएका छन् ।
मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले भने, ‘यो एउटा संकेत हो । यस्तो काम गर्यो भने सत्तारुढ दलको कुनै सांसद होस् कि मन्त्री वा मुख्यमन्त्री होस्, छुट पाउँदैन। गल्ती गर्नेले सजाय पाउनुपर्छ भन्ने सिद्धान्तका साथ लागेका छौँ।’
मानव तस्करीमा जोडिएपछि मन्त्री पदबाट राजीनामा दिएका लिलाबल्लव अधिकारीलाई प्रहरीले आइतबार पक्राउ गरेर अनुसन्धानका लागि काठमाडौँ ल्याएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१ १७:०४
प्रतिक्रिया दिनुहोस्