Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘हिरासत बैठक’ : लामिछानेले दुई उपसभापतिलाई भने– गिरफ्तारी राजनीतिक प्रतिशोध भन्ने भाष्य नतोडियोस्

सोमबार, कात्तिक २६, २०८१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्यालले सोमबार सभापति रवि लामिछानेसँग जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बैठक गरेका छन्। 

तीन जनाबीचको बैठकमा उपसभापतिद्वयले आगामी राजनीतिक गतिविधि कसरी लैजाने भन्ने विषयमा लामिछानेसँग परामर्श गरेका थिए। 

१३ दिन म्याद थपिएको विषयलाई निकाल्दै सरकार म्याद थप्दै जाने र रास्वपाले कार्यकर्तालाई निरन्तर दबाब आन्दोलन गरिरहन लगाउने विषयले कस्तो रूप लिन सक्ला भन्ने विषयमा पनि चासो उत्पन्न भएको थियो। 

सो क्रममा सभापति लामिछानेले आफ्नो गिरफ्तारी राजनीतिक प्रतिशोध नै रहेको भाष्य जनतामाझ निर्माण गर्न र बुझाउनका लागि दुई उपसभापतिलाई निर्देशन दिएका थिए। 

सभापतिको पक्राउ र यो म्याद थपको शिलशिला प्रतिशोध नै रहेको उपसभापति वाग्लेले बताए। उनले हिरासत बैठकपछि बाहिर भने,‘दोहोराएर भन्छु यो राजनीतिक प्रतिशोध नै हो।’

अर्का उपसभापति अर्यालले पनि प्रतिशोध नै रहेको भन्दै आगामी केन्द्रीय समितिको बैठकले आन्दोलनका विषय तय गर्ने बताए।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्